रामबहादुर बम्जन बसेको घरबाट ३ करोड बरामद काठमाडौं, २५ पुस। हत्या, अपहरण तथा बलात्कार आरोपमा मंगलबार काठमाडौँमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट ३ करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ। काठमाडौँको बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) जानकारी दिएको छ। मंगलबार साँझ बम्जन पक्राउ गरिसकेपछि बूढानीलकण्ठको हात्तीगौंडास्थित उनको घर खानतलासी गर्दा उक्त रकम फेला परेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्