२० करोडका योजना भारतले सिधै छान्न पाउँदैनः प्रधानमन्त्री काठमाडौं, पुस २५। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय दूतावासले नेपालमा सिधै २० करोड रुपैयाँसम्मका परियोजनामा लगानी गर्न सक्ने कुरामा धेरै विवादको आवश्यकता नरहेको बताएका छन्।संघीय संसद्अन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन्। भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा गरिएको उक्त सम्झौतामा भारतलाई एकलौटी विकास परियोजना छान्ने र कार्यान्वयनको अधिकार नदिइएको उनले स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्