नेपालमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘जेएन.१’ काठमाडौं, २३ पुस।नेपालमा पनि कोरोना भारइसको नयाँ सव–भेरियन्ट ‘जेएन.१’देखिएको पुष्टि भएको छ।आइतबार देशको विभिन्न ठाउँहरूबाट संकलित नमूनाहरूमध्ये १६वटा पोजेटिभ नमूनाहरूको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटामा जेएन.१ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यद्यपि जेएन.१ पनि ओमिक्रोनकै सब भेरियन्ट हो।पछिल्लो समय छिमेकी भारतमा पनि जेएन.१ भेरियन्ट सक्रिय हुँदा संक्रमितको संख्या बढेकाले सरकारले सर्तक रहन आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्