केन्द्रीय बैंकले थप ३५ अर्ब रुपैयाँ बजारबाट खिच्दै काठमाडौं, २४ पुस।नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ३५अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। पुस २४गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने केन्द्रीय बैंकले जनाएको छ।इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।साँवा र ब्याज भुक्तानी मिति माघ ९गते निर्धारण भएको छ।यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्