राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको मनोनयन काठमाडौं, २३ पुस। राष्ट्रियसभा निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगकाअनुसार सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी परेको हो। आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदान हुने छ। निर्वाचन आयोगकाअनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता वा अल्पसंख्यकतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जनाको मनोनयनपत्र दर्ता भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्