विद्युत् प्राधिकरणले काट्यो हुलास स्टीलको बिजुली काठमाडौं, २३ पुस। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा थप एक उद्योगको बिजुली काटेको छ। प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टीलको विद्युत् लाइन सोमबार बिहान काटेको हो। उद्योगको नाममा मंसिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको छ। प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्