विद्युतको बक्यौता रकम उठ्ने र उद्योग पनि चल्ने विकल्प खोज्नुपर्छः प्रधानमन्त्री काठमाडौं,२३पुस।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रंक र डेडिकेटेड महसुल विवाद समाधान गर्न मध्यमार्गी उपायको खोजी गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा आयोजित छलफलमा उनले नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता उठ्ने तथा उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताए।उनले भने,‘बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानु राम्रो हुन्छ।त्यसका लागि तपाईंहरूले विकल्प खोजेर समाधान खोज्नेतिर लाग्नुस्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्