कर्णालीमा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता काठमाडौं, २३ पुस। राष्ट्रियसभा चुनावका लागि कर्णाली प्रदेशमा नेकपा एमाले उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। प्रदेश निर्वाचनको कार्यालयमा पुगेर सोमबार उनीहरुले मनोनयन दर्ता गराएका हुन्। एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही,अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकले मनोनयन दर्ता गरेका छन्। कर्णालीमा राष्ट्रियसभाको लागि तीन सिटमा मतदान हुँदैछ। सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धामा होमिएको एमालेको मतभार संख्या कमजोर रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्