सुदूरपश्चिममा सत्तागठबन्धनका उम्मेदवारले दर्ता गरे उम्मेदवारी काठमाडौं, २३ पुस। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।अल्पसंख्यक तथा अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट (कैलाली), अन्यतर्फ बलदेव बोहरा (कञ्चनपुर) र महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्दले उम्मेदवारी दर्ता गराएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्