कृष्णप्रसाद सिटौलाले गरे मनोनयन दर्ता काठमाडौं, २३ पुस। राष्ट्रियसभा चुनावका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गरेका छन्। उनले कोशी प्रदेशको राजधानी विराटनगरमा मनोनयन दर्ता गरेका हुन्। उनको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन्।गत प्रतिनिधिसभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौला राष्ट्रियसभा चुनावमा उठेका हुन्। सत्तागठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रियसभा सदस्यमा कांग्रेस र माओवादीले पाउनेगरी भागबण्डा गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्