घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? काठमाडौं, २३ पुस। सोमबार सुनको भाउ सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो। जसअनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्