उच्च अदालतका ३९ न्यायाधीशले लिए शपथ काठमाडौं, २३। उच्च अदालतका नवनियुक्त ३९न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।आइतबार पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशले उनीहरूलाई शपथ गराएका हुन्।शपथग्रहणसँगै अब न्यायाधीशहरू भोलिदेखि आउँदो माघ १२ गतेसम्म प्रशिक्षणमा रहनेछन्। यही पुस १८गते बसेको न्याय परिषद्को बैठकबाट २६जिल्ला न्यायाधीश,चार न्याय सेवाका कर्मचारी र नौ कानुन व्यवसायीलाई उच्चको न्यायाधीशमा नियुक्त गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्