भारतले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने काठमाडौं, २० पुस।भारतले नेपाललाई टी–२०विश्वकप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने भएको छ।नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने जनाएका हुन्। सामाजिक सञ्जाल एक्स मार्फत जयशङ्करले नेपाली क्रिकेट टोलीका पदाधिकारी तथा सदस्यसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको भन्दै नेपालमा क्रिकेटको विकासका लागि सहयोग गर्ने बताएका हुन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्