भारतीय विदेशमन्त्रीले गरे पशुपतिनाथको दर्शन काठमाडौं, २० पुस। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले आज भगवान् पशुपतिनाथको दर्शन गरेका छन्। उनले पशुपतिनाथ परिसरमा वृक्षारोपण समेत गरेका छन्। हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उनले उच्च राजनीतिक भेट गरेका थिए। उनको आज मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्