विद्युत् व्यापार सम्झौता राष्ट्रको हितमा छः प्रधानमन्त्री काठमाडौं, २० पुस।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताएका छन्। शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्रीले भने,“हिजो भारतीय विदेशमन्त्रीसँग मेरो“वान टु वान”र नेपाली प्रतिनिधिमण्डलसहितको भेट भएको थियो। भेटमा मैले नेपालको राष्ट्रिय हित र विद्युत् व्यापार सम्झौताबारे नै कुरा गरेको छु। विद्युत् व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्