प्रधानमन्त्री प्रचण्डका मुख्य सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत काठमाडौं, १९ पुुस। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ। गजुरेलले गत मंसिरमा नै राजीनामा दिए पनि झन्डै १ महिनापछि स्वीकृत भएको हो। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार मंसिर २० गतेदेखि लागु हुनेगरी राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्रीको मुख्य सल्लाहकारका रुपमा आफूले प्रस्ताव गरेका कार्यक्रम र योजनाहरु अगाडि बढ्न नसकेको भन्दै गजुरेलले राजीनामा बुझाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्