मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न काठमाडौं, १९ पुस। मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ। बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ। जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए। अहिले ४५ जना कामदारले द्रुत गतिमा काम गरिरहेको उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्