नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर काठमाडौं, १९ पुस। नेपाल र भारत सरकारबीच दीर्घकालीन १० हजार मेगावाट विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन्। हाल नेपालबाट भारततर्फ साढे ६ सय मेगावाट बिजुली निर्यात हुँदै आइरहेको छ। यो सम्झौता सम्पन्न भएसँगै नेपाललाई बढी हुने सबै बिजुली भारत निर्यात हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्