राष्ट्रिय सभामा एमालेलाई सिट दिन माधव नेपाल असहमत, बेलुका तीन दलबीच पुनः छलफल गरिने काठमाडौं, १९ पुस। राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ।प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो।सहमति नजुटेपछि आजै बेलुका फेरि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्