सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर फेरि भूकम्प काठमाडौं, १९ पुस। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर १७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो। यसअघि गत आइतबार राति पनि सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्