एकैदिन तोलामा १३ सयले घट्यो सुनको मूल्य काठमाडौं, १९ पुुस। नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँल घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्