काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं, १९ पुस।नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन्।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन्।भारतीय वायु सेवाको विशेष विमानमार्फत् आएका जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्