राष्ट्रियसभामा निर्वाचनबारे साँझ ५ बजे गठबन्धन र एमालेबिच छलफल हुने काठमाडौं, १८ पुस।राष्ट्रियसभा निर्वाचनबारे सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबिच छलफल हुँदैछ। बुधबार साँझ ५बजे गठबन्धन सम्बद्ध कांग्रेस,माओवादी,एकीकृत समाजवादी,जसपाका साथै एमालेसहितको बैठक बस्न लागेको हो। मंगलबार र बुधवार बिहान बसेको कांग्रेस र माओवादी केन्द्रको बैठकमा राष्ट्रियसभा निर्वाचनमा एमालेलाई साथमै लिएर जाने विषयमा छलफल भएको थियो। माघ ११मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३मा उम्मेदवारी दर्ता समय तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्