दुई करोड लागतमा म्याग्देमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण काठमाडौं, १८ पुस। तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ।फोहरमैला व्यवस्थापनलाई सहज बनाउनको लागि केन्द्र निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।कुहिने र नकुहिने दुवै प्रकारका फोहरहरु उक्त सङ्कलन तथा व्यवस्थापन केन्द्रमा जम्मा गरिने जनाइएको छ।२करोड १५लाख रुपैयाँ लगानी गरेर २२ रोपनी आठ आना जग्गामा उक्त केन्द्र निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।फोहरमैला व्यवस्थापनका लागि सर्वसाधारणसँग न्यूनतम रु१०० शुल्क लिइनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्