जापानको हानेदा विमानस्थलमा सबै उडान स्थगित, यात्रुका लागि थप बुलेट ट्रेनको व्यवस्था काठमाडौं, १८पुस।जापानको हानेदा विमानस्थलमा भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु रुद्ध भएका छन्।उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ। मंगलबार हानेदा एयरपोर्टमा जापान एयरलाइन्सको एक विमान अवतरण गर्ने क्रममा अर्को कोस्ट गार्डसँग ठोक्किएर आगलागी भएको थियो।सो घटनामा पाँच जनाको मृत्यु भएको छ।३७९ जना यात्रु र चालक दलका सदस्यहरुलाई भने उद्धार गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्