गृहमन्त्री आफैं पुगेर छुटाए जनमत पार्टीका नेता तथा कार्यकर्तालाई काठमाडौं, १६ पुस। जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेर छुटाएका छन् । अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै जनमत पार्टीका नेता–कार्यकर्ताहरु ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए । प्रदर्शनमा सहभागीहरु प्रहरीको घेरा तोड्दै अघि बढेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्