अब मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुले खाजा नपाउने काठमाडौं, १६ पुस। सरकारले मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको मन्त्रिपरिषद् बैठकमा स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराएको सचिवालयले जनाएको छ । खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार रुपैयाँ खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। अब बैठकमा चिया र बिस्कुट मात्रै खुवाइने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्