माइतिघरबाट पक्राउ परे सिके राउत काठमाडौं, १६ पुस। जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् । धोती दिवस मनाउन ब्यानर सहित माईतिघर मण्डला पुगेका राउतसहितको समूहलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ। माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्