रुसमा युक्रेनको हवाई हमला हुँदा २० जनाको मृत्यु, १०० घाइते काठमाडौं, १५ पुस। रुसमा हवाई हमला हुँदा २० जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्। यो आक्रमण युक्रेनले गरेको आरोप रुसले लगाएको छ। रुसको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला भएको थियो। आक्रमणबाट तीन बालबालिकासहित २०जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।यसअघि गत शुक्रबार रुसले युक्रेनमा आक्रमण गर्दा ३९जनाको ज्यान गएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्