अपर तामाकोशीको भोलिदेखि १ करोड ७० लाख कित्ता सेयर लिलामी बिक्री खुला हुँदै काठमाडौं,१२मंसिर।अपर तामाकोशी हाइड्रोपावरले शुक्रबारदेखि १करोड ७०लाख १९हजार ५३०कित्ता सेयर लिलामीमा बिक्री खुला गर्दैछ।लिलामीमा न्यूनतम १००रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ। यसमा न्यूनतम १००कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।आवेदन दिने अन्तिम म्याद पुस २९गतेसम्म रहेको छ।यसअघि कम्पनीले गत भदौ १८देखि असोज २२गतेसम्म हकप्रद बिक्री खुला गर्दा सो अवधिमा बिक्री नभएको सेयर लिलामीमा ल्याउन लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्