गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार काठमाडौं, १२पुस।काठमाडौंको गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको उद्धार गरिएको छ।काठमाडौँ महानगरपालिका–८स्थित पशुपतिनाथ मन्दिरको १नम्बर गेटबाट मंगलबार साँझ ती बालिका हराएकी थिइन्।उनलाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाटबाट अपहरण मुक्त गरिएको हो। अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन्। पीडित परिवारले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्