सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा, अधिकारका लागि सङ्घलाई दबाब दिने काठमाडौं, १२ पुस। मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरू आज बागमती प्रदेशको हेटौँडामा भेला भएका छन्। संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा देखिएका समस्या र त्यसको समाधानका लागि सङ्घलाई दबाब दिने उद्देश्यले भेलाको आयोजना गरिएको बताइएको छ। भेलामा सङ्घीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउने, जनशक्ति व्यवस्थापन र प्रदेशले पाउने अधिकारलाई प्रत्यायोजन गर्ने लगायत विषयमा छलफल हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्