कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ६ जना पक्राउ काठमाडौं, १२ पुस। कैलाली र कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। दुवै जिल्लाका विभिन्न स्थानबाट बुधबार लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।कैलालीको भजनी नगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त र कृष्णपुर नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो।दुवै जिल्लामा लागुऔषधसहित पक्राउ गरिएका व्यक्तिको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्