इजरायलको आक्रमणबाट २४ घण्टामा २४१ जनाको मृत्यु काठमाडौं। इजरायलको आक्रमणबाट २४ घण्टाको अवधिमा २४१ जना प्यालेस्टिनीको मृत्यु भएको छ। ३८२ जना घाइते भएका छन्। मंगलबार गाजाको मध्य क्षेत्रमा इजरायलले बम वर्षाएको थियो। शरणार्थी क्याम्प पनि आक्रमणको निशानामा परेका थिए।इजरायलले गाजामा विशेष सैन्य अपरेसन चलाएको छ। उसले एक हप्तायता खान युनिस क्षेत्रमा आक्रमण केन्द्रित गरेको छ। सोमबार इजरायली सुरक्षा बललले नुसिरत, मागजी, बुरेजी लषयतका क्षेत्रमा आक्रमण गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्