भारत र रुसबीच कुडनकुलम परमाणु ऊर्जा संयन्त्रमा सम्झौता काठमाडौं। भारतको तमिलनाडुमा निर्माण गरिएको कुडनकुलम परमाणु ऊर्जा संयन्त्रको क्षमता वृद्धिमा रुसले सहयोग गर्ने भएको छ। यससँग सम्बन्धित सम्झौतामा दुई देशबीच हस्ताक्षर पनि भएको छ।भारतको सबैभन्दा ठूलो कुडनकुल परमाणु ऊर्जा संयन्त्र रुसको प्राविधिक सहयोगमा तमिलनाडुमा बनाइँदै छ। त्यसको कन्स्ट्रक्सनको काम मार्च २००२ देखि सुरु भएको थियो। फेब्रुअरी २०१६ देखि कुडनकुलम पावर प्लान्टबाट १ हजार मेगावाट बिजुली उत्पादन भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्