समाजवादी मोर्चाको बैठक सकियो, साँझ पुनः बस्ने काठमाडौं। बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठक सकिएको छ। बैठकमा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ पनि सहभागी भएका थिए। बैठक साँझ ६ बजे पुनः बस्ने र त्यसमा विप्लवलाई पक्राउ पुर्जी जारी गरेको विषयमा छलफल हुने जनाइएको छ। मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्