नारायणगढ–बुटवल खण्डमा आजदेखि पैदलयात्रा गर्दै रास्वपा काठमाडौं, ९ पुस। नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि पैदलयात्रा सुरु गर्दैछ।नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर दुरीको पैदलयात्रा तीन दिनमा सक्ने रास्वपाले जनाएको छ।यात्रामा पार्टी सभापति रवि लामिछानेसहित,पार्टीका नेता,सांसद, कार्यकर्ता सहभागी हुनेछन्।दबाब यात्रामा सहभागी हुनेहरुलाई पार्टीको झण्डा,लोगो,टि–सर्ट लगायतका कुनै पनि सामग्री प्रयोग नगर्न रास्वपाले आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्