सिन्धुलीमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार २ जनाको मृत्यु काठमाडौं, ९ पुस। वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान सवा आठ बजे बा.प्र.०१–००६ख४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा६०प३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्