उच्च अदालतमा स्वचालित पेशी व्यवस्थापन सुरु काठमाडौं। सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन सुरु भएको छ। आइतबार उच्च अदालत पाटनमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले यसको शुभारम्भ गरेका हुन्। यसअघि गोला प्रथाबाट पेशी तोकिन्थ्यो। तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्