गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा आगजनी जनकपुरधाम। महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ। उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो। गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको ढोका अगाडि पार्किङ गरेर राखेको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन्। समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयबासिन्दाले आगो निभाएपछि क्षति हुनबाट जोगिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्