बालुवाटारमा शीर्ष नेताको बैठक, टीआरसीमा छलफल हुँदै काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन्। संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन्। सोसम्बन्धी विधेयक संसदमा विचाराधिन अवस्थामा छ। शीर्ष तहमा सहमति जुटेमा हिउँदे अधिवेशनमै टीआरसी पास गर्ने तयारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्