शिक्षक सेवा आयोगले माग्यो ४३६ मावि शिक्षक काठमाडौँ। शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ।आयोगको पुस ५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि ४३६ पदमा विज्ञापन गरेको हो। उक्त विज्ञापनमा माघ ८ गतेसम्म नियमित र त्यसपछि माघ १५ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने आयोगले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्