जेटा फार्मले नेपालमा २ अर्ब लगानी गर्ने काठमाडौं। अन्तर्राष्ट्रिय गैह्र–सरकारी संस्था जेटा फार्मले नेपालमा पहिलोपटक लगानी गर्ने भएको छ। १४ देशमा लगानी गरिसकेको जेटाले २ अर्ब लगानीमा कृषि फार्म सञ्चालन गर्न लागेको हो। गोरखाको पालुङटारमा करिब १ हजार रोपनी जग्गामा सञ्चालन गर्न लागिएको फर्ममा आलु, प्याज, काउली, ब्रोकाउली, मास, लिचीजस्ता तरकारी र फलफूल उत्पादन गरिने जनाइएको छ। अहिले जग्गा अधिग्रहण र माटो परीक्षणको काम भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्