एनसेलको सेयर खरिदबिक्री स्वाभाविक छैनः प्रधानमन्त्री काठमाडौं, ३ मंसिर।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताएका छन्।उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गरेका छन्। राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला ऐनसेलको शेयर खरिदबिक्री भएको भन्नेबारे सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मन्त्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्