चितवनमा ३८० किलो गाँजासहित २ जना पक्राउ काठमाडौं, ३ पुस। चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका–१ आँपटारीबाट मंगलबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५वर्षीय अनिल गिरी ३०वर्षीय राजपाल रहेका छन्। जेएच–०२ डब्लु ९६३१नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको २८ पोका बरामद गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्