राष्ट्रपतिसँग देशको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री शीतल निवासमा काठमाडौं, ३ पुुस। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्श गर्न शीतल निवास पुगेका छन्। संसद्को अधिवेशन बोलाउनेलगायत सरकारले पछिल्लो समय गरेका निर्णयहरुकोबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री शीतल निवास पुगेका हुन्। राष्ट्रपति पौडेलले पछिल्लो समय सरकारका विभिन्न निकायले गर्नुपर्ने जनपक्षीय कामको बारेमा समेत सरोकार राखिरहेका छन्। प्रधानमन्त्रीमार्फत उनले सरकारको ध्यानाकर्षण गराइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्