एमालेले मध्यपहाडी पछि हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने काठमाडौं, ३ पुस। नेकपा एमालेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानपछि अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने जनाएको छ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्। नेकपा एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौं। अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्