डा. गोविन्द केसीले तोडे तीनदिने अनशन काठमाडौं, २ पुस। सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् । उनी शुक्रबारदेखि अनशन बसेका थिए। गेटामा अनशन बस्न आएका केसीलाई स्थानीयले अवरोध गरेपछि उनी लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका थिए। धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्