मेलम्चीको पानी तत्काल वितरण गर्न माग गर्दै कोटेश्वरमा प्रदर्शन काठमाडौं, २ पुस।काठमाडौं उपत्यकाका स्थानीयले मेलम्ची खानेपानी नियमित वितरण गर्नुपर्ने र पानी माथिको चलखेल बन्द गर्नुपर्ने भन्दै प्रदर्शन गरेका छन्।सोमबार काठमाडौँको कोटेश्वरमा भेला भएर स्थानीयले खाली भाडासहित प्रदर्शन गरेका हुन्।प्रदर्शनकारीले ‘मेलम्चीको पानी माथिको चलखेल बन्द गर्नुपर्ने,मेलम्चीको पानी तत्काल वितरण गर्नुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए।गत वर्ष वितरण सुरु भएको मेलम्चीको पानी पुन मुहान मर्मत गर्नुपर्ने भन्दै हाल रोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्