एनसेलविरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै काठमाडौं, २ पुस।एनसेलको सेयर खरिदबिक्रीबारे सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमाथि सोमबार सुनुवाइ हुँदैछ। सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा सुनुवाइ रहेको हो। यसअघि मङ्सिर २६गते उक्त रिट हेर्न नभ्याउनेमा परेको थियो।सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्